एमालेको १० औँ महाधिवेशन अवसरमा पोखरा ५ वडा कमिटीको रक्तदान : २२ युनिट रगत संकलन

केन्द्रभाग मिडिया

पोखरा  ।

पोखरा महानगरपालिका वडा नम्बर ५ वडा कमिटीको आयोजनामा भएको रक्तदान कार्यक्रममा २२ युनिट रगत संकलन भएको छ ।

नेकपा एमालेका केन्द्रिय सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि जगत विश्कर्माले पहिलो रक्तदाता कुश्मा नगरपालिका ११ नम्बर वडा कमिटी सहसचिव रमेशप्रसाद पौडेललाई ब्लड ब्याग हस्तान्तरण गरि रक्तदान कार्यक्रमको सुरुवात गरिएको थियो ।

एमालेको १० औँ महाधिवेशनको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको नेकपा एमाले वडा कमिटी अध्यक्ष विष्णुप्रसाद बरालले जानकारी दिए ।

नेकपा एमाले वडा कमिटी अध्यक्ष विष्णुप्रसाद बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कमिटी उपाध्यक्ष गायत्री भुर्तेलले स्वागत मन्त्व्य राखेकी थिइन भने गण्डकी प्रदेश सदस्य तथा वडा ५का अध्यक्ष धनबहादुर नेपालीले शुभकामना मन्त्व्य राखेका थिए ।

एमाले वडा कमिटीले महाधिवेशनको अवसरमा आयोजना गरेको विभिन्न कार्यक्रम अन्तर्गत आज रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

हिजो पहिलो दिन सडक दौड प्रतियोगिताको आयोजना गरिएको थियो ।जसमा ६५ जनाले सहभागिता जनाएको कार्यक्रमका अध्यक्ष बरालले बताए । १५ देखि २० वर्षका युवायुवतीबीच दौड प्रतियोगितामा प्रतिष्पर्धा गराइएको हो ।   बरालको अनुसार हिजो साँझ सडक सरसफाई पनि गरिएको थियो ।

  • ५ मंसिर २०७८, आईतवार १६:५५ प्रकाशित