गायिका तथा भ्वाइस अफ किड्स नेपालकी कोच प्रविशाले गरिन विवाह

केन्द्रभाग मिडिया

गायिका तथा भ्वाइस अफ किड्स नेपालकी कोच प्रविशा अधिकारी विवाह बन्धनमा बाँधिएकी छिन् ।

उनले इन्जिनियर निर्माण सिटौलासँग विवाह गरेकी हुन्। गत हप्ता विबिबार इन्गेजमेन्ट गरेका प्रविशा र निर्माणको विवाह आइतबार झापाको विर्तामोडस्थित एक पार्टी प्यालेसमा भएको हो ।

प्रविशाका श्रीमान निर्माण अमेरिकामा आईटीमा कार्यरत रहेको बताइएको छ । उनी बिहेका लागि केही समय अघि मात्रै नेपाल आएका हुन् ।

तिमी जहाँ छौँ म त्यहि छु, फुल हैन, मायाले बाध्यो यसरी, जिन्दगी नै भन्दिन लगायतका प्रविशाले गाएका दर्जन बढी गीत चर्चामा छन् । जुन गितहरुलाई दर्शकले निकै मन पराएका छन् ।

  • ५ मंसिर २०७८, आईतवार १५:२५ प्रकाशित