काठमाडौँ ।
आजका लागि बोलाइएको संसदीय सुनुवाई समिति बैठक स्थगित भएको छ ।
सिंहदरबारमा आइतबार बोलाइएको बैठकमा अधिकांश सांसदहरू उपस्थित नभएका कारण बैठक स्थगित भएको हो ।बैठक स्थगित हुदाँ भारत, बेलायत र अमेरिकाका लागि प्रस्तावित राजदूतहरूको सुनुवाइ रोकिएको छ ।
१ घण्टा पर्खिदा पनि कोरम नपुगेपछि बैठक मंसिर १७ गतेसम्मका लागि स्थगीत गरिएको हो ।एमाले, माओवादी लगाएतका दलहरूको अधिवेशन चलिरहेकाले सांसदहरू उपस्थित हुन नसकेको जानकारी आएको बताए ।