काठमाडौं ।
नेकपा एमालेका उपाध्यक्ष भीम रावल महाधिवेशनको उम्मेदवारीबारे औपचारिक जानकारी दिने भएका छन् ।रावलले दिउँसो तीन बजे रिपोर्टस क्लबमा पत्रकार सम्मेलन आयोजना गरेर सोही कार्यक्रममार्फत आफ्नो उम्मेदवारीबारे बताउने भएका छन् ।रावलले पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा गर्ने भएका छन् ।
पत्रकार सम्मेलनमा आसन्न महाधिवेशनमा आफ्नो उम्मेदवारी, रणनीतिबारे सार्वजनिक गर्ने बताइएको छ ।रावलले १० बुँदे सहमति पालना नभएको भन्दै पार्टीमा असन्तुष्टि व्यक्त गर्दै आएका छन् ।उपाध्यक्ष रावलले यसअघि अछाममा भएको एक कार्यक्रममा आफू अध्यक्षमा लड्ने बताएका थिए ।