पोखरा ।
नेपाल पात्रकार महासंघले पदाधिकारी, सदस्य तथा साधारण सदस्यहरु राजनीतिक दलको विभिन्न तहमा उम्मेदवार र प्रतिनिधि बनेको प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
आज प्रेस विज्ञप्ती जारी गदै महासंघले पत्रारलाई लिइर सामाजका विभिन्न क्षेत्रकाट आएका आलेचना तथा टीका टिप्पणीलाई महासंघ केन्द्रीय समितिले गम्भीर रुपमा लिएको महासचिव रोसन पुरीद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।
महासंघको केन्द्रीय, प्रदेश र शाखा समितिका पदाधिकारी तथा सदस्यले सो पदमा बहाल रहेसम्म कुनै पनि दल वा भातृ संगठनको कुनै पनि तहको विभाग वा समितिमा रही काम गर्न नपाउने भन्दै नेपाल पत्रकार महासंघको विधान २०६० (पाचौँ संसोधन)को विज्ञप्तीमा स्मरण गराइएको छ ।
कुनै पनि राजीतिक दलको कर्यकारी पदमा बसेर स्वतन्त्र तथा सन्तुलित पत्रकारिता नहुने कुरा पत्रकारिताको विश्वव्यापी मान्यता रहेको छ । पत्रकार विधान, पत्रकार आचारसंहिता तथा स्वतन्त्र प्रेसको विश्वव्यापी मान्यतालाई ख्याल गदै उच्च नैतिकता प्रदर्शन गर्न महासंघले आग्रह गरेको छ ।