तरुण दलका नेता विकास गुरुङको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाली कांग्रेस कास्कीका युवा नेता विकाश लामा गुरुङले १४ औं महाधिवेशनमा केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा गरेका छन् । उनले गण्डकी कास्की क्षेत्र नम्बर १ बाट केन्द्रीय प्रतिनिधिमा उम्मेद्वारी घोषणा गरेका हुन् ।

गुरुङ विगत लामो समयदेखि नेपाल कांग्रेसको राजनीतिमा सक्रिय छन् । गुरुङले भर्खरै सम्मपन्न वडा अधिवेशनबाट पोखरा महानगर २८ को वडाध्यक्षको जिम्मेवारी हस्तान्तरण गरेका हुन् ।

तरुण दलको केन्दीय पारर्षद रहेका गुरुङ सामाजिक संघ संस्थामा पनि सक्रिय छन् । उनी युनेस्को क्लवका केन्द्रीय कोषाध्यक्ष हुन् ।

कांग्रेसको नेतृत्व युवा पुस्तामा हस्तान्तरण गर्न युवालाई मतदान गर्न उनले आग्रह गरेका छन् ।

  • ५ मंसिर २०७८, आईतवार ११:२० प्रकाशित