जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख बोगटी र तनहुँका प्रमुख मैनाली सहित २२ जना एसपीको सरुवा (को कहाँ ? सुचिसहित)

केन्द्रभाग मिडिया

पोखरा ।
नेपाल प्रहरीका २२ जना प्रहरी उपरीक्षक (एसपी) हरूको सरुवा गरिएको छ । ४ मङ्सिरको प्रहरी महानिरीक्षकको निर्णयअनुसार उनीहरूको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयको मानव स्रोत )एवं प्रशासन विभागले जनाएको छ ।

प्रहरी प्रधान कार्यालय मानव स्रोत एवं प्रशासन विभाग द्धारा जारी विज्ञप्ति अनुसार जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख, प्रहरी उपरीक्षक होविन्द्र वोगटीको सरुवा प्रधान कार्यालय कानुन शाखा नक्सालमा भएको छ ।

स्याङ्जाको नयाँ प्रहरी प्रमुखमा प्रहरी उपरीक्षक राजिव बहादुर बस्नेत आउने छन् । उनी हाल प्रदेश कार्यालय पोखरामा कार्यरत छन् ।

यसैगरी जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दीनेशराज मैनालीको महानगरीय प्रहरी परिसर काठमाडौमा सरुवा भएको छ ।

तनहुँको नयाँ प्रहरी प्रमुखमा प्रहरी उपरीक्षक राजेन्द्रबाबु रेग्मी आउने छन् । उनी हाल सुदुरपश्चिम प्रदेश सशस्त्र प्रहरी गण धनगढी कैलालीमा कार्यारत छन् ।

सरुवा  सुचि हेर्नुहोस् ।

  • ५ मंसिर २०७८, आईतवार ०९:०५ प्रकाशित