बसको अगाडिको पट्टा भाँचिदाँ बस दुर्घटना, २९ यात्रु घाइते

केन्द्रभाग मिडिया

दाङ ।

दाङमा गएराती यात्रुबहाक बस दुर्घटनामा परेको छ।

सुर्खेतबाट काठमाडौं जाँदै गरेको बस दाङमा दुर्घटना हुँदा २९ जना घाइते भएका छन्।

कर्णाली प्रदेश ०२–००१ ख ०२१९ नम्बरको बस पूर्वपश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका ३ नारायणपुरमा दुर्घटनामा परेको हो।
जिल्ला प्रहरी कार्यालय दाङको अनुसार घाईते मध्ये तीन जना घाइतेको अवस्था गम्भीर छ।

बसको अगाडिको पट्टा भाँचिएपछि अनियन्त्रित भएर दुर्घटना भएको हो। गए राति पौने २ बजेति बस दुर्घटनामा परेको थियो।
बसमा ३९ जना यात्रु सवार थिए।

  • ५ मंसिर २०७८, आईतवार ०८:३६ प्रकाशित