मौसम पूर्वानुमान, एउटा प्रदेशमा हल्का वर्षा र हिमपातको संभावना

केन्द्रभाग मिडिया

पोखरा ।
हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेश नं १, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहेको छ र बाँकी भू–भागमा मौसम सामान्यतया सफा छ ।

दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू-भागहरू सामान्यतया सफा रहने छ । प्रदेश १ को एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू–भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू-भागहरू सामान्यतया सफा रहने छ । प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू–भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

  • ५ मंसिर २०७८, आईतवार ०७:३३ प्रकाशित