प्रेस चौतारी कास्कीको अध्यक्षमा चार जनाको उम्मेदवारी, सबै पदमा प्रतिस्पर्धा

केन्द्रभाग मिडिया

पोखरा ।
प्रेस चौतारी कास्कीको अध्यक्षका लागि चार जनाको उम्मेद्वारी परेको छ । अर्जुन गिरी, राजाराम पौडेल, कृष्ण आचार्य र एकराज गिरीले अध्यक्षका लागि उम्मेद्वारी दिएका हुन् । खुला तर्फको उपाध्यक्षमा दुईजनाको उम्मेदवारी परेको छ । दीपकप्रसाद पौडेल र मोतिसागर अधिकारीको उपाध्यक्षमा उम्मेद्वारी परेको हो ।

उपाध्यक्ष महिला तर्फ कञ्चन थापा कोइराला, उमा आले र बालकुमारी पौडेल (तारा)को उम्मेद्वारी परेको खुला उपाध्यक्ष तर्फका उम्मेद्वार दीपक पौडेलले जानकारी दिए ।

उनका अनुसार सचिवका लागि पनि चार जनाको उम्मेद्वारी परेको छ । सचिवमा कमल सुवेदी, रञ्जन अधिकारी, गौरव त्रिपाठी र प्रभु अधिकारीले उम्मेद्वारी उम्मेद्वारी दिएका छन् । सहसचिव खुला तर्फ ईश्वर देवकोटा, समावेशी सहसचिव तर्फ सूर्यबहादुर परियार र गणेश श्रेष्ठले उम्मेद्वारी दिएका छन् ।

कोषाध्यक्षका लागि जीवन सुवेदीले उम्मेद्वारी दिएका छन् । सदस्यका लागि सहित १८ जनाको उम्मेद्वारी परेको छ । सहसचिवमा देवकोटा र कोषाध्यक्षमा सुवेदीको एकल उम्मेद्वारी भएपनि सर्वसम्मत प्रयास अझै जारी रहेकाले कुन पदमा को भन्ने अहिले नै भन्न नसकिने चौतारी स्रोतले जानकारी दिएको छ ।

  • ३ मंसिर २०७८, शुक्रबार १७:०७ प्रकाशित