गण्डकी अपडेट : परीक्षण नि घट्यो, संक्रमित नि घटे !

केन्द्रभाग मिडिया

पोखरा ।

गण्डकी प्रदेशमा पछिल्लो दिनदिनै कोरोना परीक्षणदर घटीरहेको छ ।

आज २४ घण्टामा जम्मा १०७ नमुना परीक्षण भएको स्वास्थ्य निर्देशनालयको विवरणले देखाएको छ । जसमा १२ जनामा मात्रै संक्रमण देखिएको छ । सोही अवधिमा ६२ जना निको भएका छन् । यो सँगै प्रदेशमा कोरोनाबाट संक्रमित हुनेको संख्या ८७ हजार ७५५ पुगेको छ भने निको हुनेको संख्या ८६ हजार ११७ रहेको छ ।

गण्डकी प्रदेशमा दिनदिनै परीक्षण दर घटेको हो । हिजो २२३ नमुना परीक्षण भएको थियो जसमा १८ जनामा संक्रमण पुष्टि भएको थियो । त्यस्तै अस्ति २४७ नमुना परीक्षण हुदाँ २७ जनामा कोरोना पोजिटिभ देखिएको थियो ।

यसअघि कार्तिक ३० गते २६२ नमुना परीक्षण भएको थियो जसमा २७ जनामा संक्रमण पुष्टि भएको थियो । यसरी तथ्यांक हेर्दा दिनदिनै परीक्षणदर र संक्रमितदर घटेको देखिन्छ ।

यस्तै प्रदेशमा पछिल्लो अपडेट अनुसार एक संक्रमितको ज्यान गएको छ । ज्यान गुमाउनेमा तनहुँ शुक्लागण्डकी नगरपालिका १२ की ७० वर्षीया संक्रमित रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ । यो सँगै प्रदेशमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ४०८ पुगेको छ ।

संक्रमित हुनेमा तनहुँका १,कास्कीका १०, नवलपरासीका १ जना रहेका छन् । ७ महिला र ५ पुरुष गरि १२ जनामा संक्रमण देखिएको हो ।हाल प्रदेशमा २३० जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये १९१ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।

  • ३ मंसिर २०७८, शुक्रबार १५:४६ प्रकाशित