प्रदेश २ मा भागवण्डा टुंग्गियोः एसबाट दुईजना मन्त्री बन्दै, आइतबार सपथ

केन्द्रभाग मिडिया

जनकपुरधाम ।

प्रदेश २ मा भागवण्डा टुंग्गिएको छ । भागवण्डा मिलेसँगै नेकपा एकीकृत समाजवादी प्रदेश २ सरकारमा सहभागी हुन सहमत भएको छ ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र कानून न्याय तथा प्रदेश मामिला मन्त्रालय दिने सहमति भएपछि एस सरकारमा जाने भएको हो ।एसबाट संसदीय दलका नेता शत्रुधन महतो (धनुषा) र सांसद प्रमोद यादव (सिरहा) लाई मन्त्री बन्ने भएका हुन् ।

महतोलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री र यादवलाई कानुन न्याय तथा प्रदेश मामिला मन्त्री बनाउने निर्णय भएको छ ।

  • ३ मंसिर २०७८, शुक्रबार १५:१० प्रकाशित