मोफसलमा स्वास्थ्य प्रयोगशालाको जागरण ल्याउन सफल भयौं: युआरएल प्रमुख पन्त (भिडियो)

केन्द्रभाग मिडिया

पोखरा ।

देशको राजधानी बाहिरकै पहिलो दावी गरिएकोे रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)ले आफ्नो स्थापनाको आठ वर्ष पार गरेको छ ।

यो अबधी पार गर्दा मोफसलमा आम नागरिकमा स्वास्थ्य प्रति जागरुक गर्दै परीक्षण गर्ने बानीको विकास गराउन आफूहरु सफल भएको ल्याबोरेटरीका अध्यक्ष ठाकुरप्रसाद पन्तले बताए । ‘अहिले रेफरेनस ल्याबोरेटरी धेरै नै खुलेका छन् । हामीले नयाँ प्रविधि भित्र्याएका छौं । आम मानिसमा बेलाबेलामा परीक्षण गराउने बानीको विकास भएको छ । फोसलमा स्वास्थ्य प्रयोगशालामा एक प्रकारको जागरण नै ल्याएका छौं’ उनले भने ।

सुरुमा ९ जना प्राविधिक जनशक्तिलाई लिएर सुरु भएको ल्यावमा अहिले ६२ जना प्राविधिक कर्मचारी अबद्ध छन् । पोखराको न्युरोडमा २३ मंसिर २०७०मा स्थापित युआरएलका पोखरामा दुई वटा र यसबाहिर लमजुङको बेशीसहर, तनहुँको दमौली र दुलेगौंडामा र स्याङ्जाको वालिङमा गरेर ६ वटा शाखा छन् ।

यो अबधीमा चार लाख भन्दा धेरैले स्वास्थ्य परीक्षण गराएका छन् । १०५ वटा स्वास्थ्य सिविर मार्फत ७२ हजार भन्दा धेरै नागरिकले सेवा प्राप्त गरेका छन् ।

युआरएलले मंसिर महिनाभर विभिन्न कार्यक्रम गरी वार्षिकोत्सव मनाउँदै छ । वार्षिकोत्सवको अवसरमा यो महिनाभर रगतमा हुने खराब बोसो(टिजी) सित्तैमा जाँच गरिनेछ भने अरु सबै प्रकारका रक्तजाँच र होलबडीका प्याकेजमा समेत ३० प्रतिशत छुट दिइएको अध्यक्ष पन्तले जानकारी दिए ।

उनले महामारीका बेला स्वास्थ्य मापदण्ड पूरा गर्दै युआरएल गण्डकी प्रदेशलाई रक्त परीक्षणमा अत्मनिर्भर बनाउन लागिपरेको बताए ।

  • ३ मंसिर २०७८, शुक्रबार १४:५५ प्रकाशित