वकिलहरुलाई आन्दोलन रोक्न धम्की दिने तीर्थ र सिताराम पक्राउ, दुई जना फरार

केन्द्रभाग मिडिया

काठमाडौं । हिजो नेपाल बार एसोसिएसन परिसरभित्र छिरेर कानुन व्यवसायीहरुलाई धम्की दिने प्रकाउ परेका चन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले बिहीबार राति बौद्धबाट वकिलहरुलाई गाली गलौज गर्ने र आन्दोलन रोक्न धम्की दिने दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा तीर्थ ढकाल र सिताराम श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।

ढकाल र श्रेष्ठले बिहीबार कानुन व्यवयसायीहरुलाई दुर्व्यवहार गर्दै गालीगलौजमा उत्रिएका थिए । उनीहरुले वकिलहरूलाई आन्दोलन नगर्न, गलत मुद्दा नउठान र जथाभावी नबोल्न भन्दै धम्की दिएका थिए ।

उनीहरु मध्येका एकले आन्दोलनलाई निरन्तरता दिए बारभित्रै प्रवेश गरेर पिट्ने धम्कीसमेत दिएका थिए । उनीहरुसँगै धम्की दिन पुगेका अन्य २ जना फरार रहेको प्रहरीले जनाएको छ । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकामाथि अनुसन्धान भइरहेको बताए ।उनीहरुको कसको निर्देशनमा बार परिसर छिरेका थिए भन्ने खुलेको छैन ।

  • ३ मंसिर २०७८, शुक्रबार १०:२५ प्रकाशित