कांग्रेसमा प्रदेश निर्वाचन क्षेत्रको अधिवेसन आज, कास्कीका ६ निर्वाचन क्षेत्रमा यस्तो छ प्रतिस्पर्धा

केन्द्रभाग मिडिया

पोखरा ।
१४ औं महाधिवेसनका लागि कास्कीमा प्रदेश निर्वाचन क्षेत्रको अधिवेसन आज हुँदै छ । प्रदेशका ६ निर्वाचन क्षेत्र रहेको यहाँ सबै क्षेत्रमा हिजै मनोनयन सकिएको छ । मतदान आज हुने छ ।

निर्वाचन अधिकृतका अनुसार पदाधिकारीका सबै पदमा निर्वाचन हुनेछ भने प्रदेश अधिवेसन प्रतिनिधिका पनि अधिकांश पदमा मतदान हुनेछ । सबै क्षेत्रका सभापतिमा दुईजना, उपसभापतिमा ४ जना, सचिव र सहसचिवमा ४/४ जना प्रतिश्पर्धी छन् । कांग्रेस विधान अनुसार उपसभापति, सचिव र सहसचिवमा २/२ जना निर्वाचित हुनेछन् ।

कास्की क्षेत्र नम्बर १ (क) को सभापतिमा दुर्गाप्रसाद सुवेदी र मुराहरी कोइराला प्रतिश्पर्धी छन् । उपसभापति दीपककुमार आले, निर्मला ढुंगाना, लक्ष्मीदेवी पौडेल र सुकेदव गुरुङ, सचिवमा केशवराज भट्टराई, धु्रवराज अधिकारी र शिवराज अधिकारी तथा सहसचिवमा इश्वरराज भण्डारी, विष्णु गुरुङ, शान्ति मगराती र सुवास भण्डारीबीच प्रतिश्पर्धा हुनेछ ।

प्रदेश अधिवेसन प्रतिनिधि अन्तर्गत खुलामा १५ जना, प्रत्यक्ष महिलामा ४, खस आर्य खुलामा ६, खस आर्य महिलामा २, आदिवासी जनजाति महिलामा २, र अपांगता तथा अल्पसंख्यकमा २ जनाले उम्मेदवारी दिएका छन् । आदिवासी खुलामा विक्रम गुरुङ सर्वसम्मत निर्वाचित भए ।

क्षेत्र नम्बर १ (ख) को सभापतिमा अर्जुन गुरुङ र कृष्णप्रसाद कोइराला बीच प्रतिश्पर्धा हुनेछ । उपसभापतिमा कुमार परियार, विकास गुरुङ, विष्णुप्रसाद बराल र विष्णुप्रसाद सुवेदीले मनोनयन दर्ता गराएका छन् । सचिवमा ई. महेश कार्की, किरण अधिकारी, कृतिवल्लभ त्रिपाठी र राजेश अधिकारी छन् भने सह सचिवमा प्रविण नेपाली, महेन्द्र गुरुङ र रामकुमारी पौडेलले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रदेश अधिवेसन प्रतिनिधिका लागि खुलामा १३, खुला महिलामा ५, खस आर्य खुलामा ४, खस आर्य महिलामा २, आदिवासी जनजाति खुलामा २, आदिवासी महिलामा २ र दलितमा ३ जना प्रतिश्पर्धी छन् । अपांगता तथा अल्पसंख्यक कोटामा नारायणप्रसाद बराल सर्वसम्मत निर्वाचित भएका मतदान अधिकृतको कार्यालयले जनाएको छ ।

क्षेत्र नम्बर २ (क) को सभापतिका लागि दिनेश आचार्य र वर्षाकेशव पराजुलीको दावी छ । उपसभापतिमा खडानन्द लामिछाने, चेतबहादुर महत र माधवप्रसाद बराल, सचिवमा टंकप्रसाद भण्डारी, नारायणप्रसाद शर्मा र राजेश गौतम प्रतिश्पर्धी छन् । सहसचिवमा गीता भण्डारी र केशवराज लामिछाने सर्वसम्मत चयन भए ।

प्रदेश महाधिवेसन प्रतिनिधिका लागि खुलामा १३ जना, आदिवासी जनजाति खुलामा २ र मधेशी वा थारु वा मुश्लिम वा अल्पसंख्यक वा अपांगता कोटामा २ जना उम्मेदवार छन् । प्रत्यक्ष महिलामा दुर्गा केसी, विन्दु कार्की र विष्णुदेवी आचार्य सर्वसम्मत चयन भएका छन् भने खस आर्य महिलामा ऋषिमाया लामिछाने, खस आर्य खुलामा कर्णेल कृष्णबहादुर खत्री र तारानाथ गौतम, दलितमा टिकाराम सुनार र आदिवासी जनजाति महिलामा चिनुकुमारी गुरुङ सर्वसम्मत चयन भए ।

क्षेत्र नम्बर २ (ख) को सभापतिमा दीपेन्द्र मर्सानी र सुवास सिग्देलले दावेदारी प्रश्तुत गरेका छन् । उपसभापतिमा बोधराज घिमिरे, सरिता पराजुली र होमबहादुर बानियाँ, सचिवमा श्रीकृष्ण आचार्य, जंगबहादुर हमाल ठकुरी, सुवर्ण केसी र शिरषकुमार बास्तोला तथा सहसचिवमा निलम बाटाजु कर्माचार्य, कमलकुमारी केसी र सुरेश खवासले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रदेश प्रतिनिधितर्फ खुलामा १४, महिलामा ६, खसआर्य खुलामा ३ र आदिवासी जनजाति खुलामा २ जनाबीच प्रतिश्पर्धा छ । खस आर्य महिलामा लक्ष्मी केसी कार्की, आदिवासी जनजाति महिलामा टिकाकुमारी गुरुङ, दलितमा विष्णुमाया परियार र मुश्लिमतर्फ अब्दुल मजिद मिया सर्वसम्मत रुपमा चयन भए ।

निर्वाचन क्षेत्र नम्बर ३ (क) को सभापतिका लागि दीपकराज पौडेल र पुष्पेन्द्र पाण्डेले उम्मेदवारी दिएका छन् । उपसभापतिमा दिलिप गिरी, धनबहादुर थापा, मोतिलाल तिम्सिना र रामबहादुर घर्ति उम्मेदवार छन् । सचिवमा गंगाबहादुर गुरुङ, प्रकाशचन्द्र सापकोटा, विनोद केसी र सरोजकुमार गुरुङ तथा सहसचिवमा अनिल गुरुङ, तिलकबहादुर खड्का, मिनराज तिमिल्सिना र विष्णुप्रसाद अधिकारीले मनोनयन दर्ता गराएका छन् ।

प्रदेश अधिवेसन प्रतिनिधिका लागि खुलातर्फ १३ जना, खुला महिलामा ६ जना, खस आर्य खुलामा ४, खसआर्य महिला ३, आदिवासी जनजाति खुला २, आदिवासी जनजाति महिला २ र दलितमा २ जनाको मनोनयन परेको छ । अल्पसंख्यक तथा अपांगता कोटामा बहादुर सिंह गुरुङ निर्विरोध भएका छन् ।

क्षेत्र नम्बर ३ (ख) को सभापतिमा जीवनाथ पौडेल (शंकर) र दीपक विर कुवँरबीच प्रतिश्पर्धा हुनेछ । उपसभापतिमा पदमबहादुर गुरुङ, पार्वतिदेवी कोइराला, विकास गुरुङ र विनोदबहादुर खड्का उम्मेदवार छन् ।

सचिवमा उपेन्द्रराज पराजुली, ठाकुर बराल, बाबुराम भण्डारी र शुक्रराज पौडेलले उम्मेदवारी दिए भने सहसचिवमा गोलमाया अधिकारी, चित्रबहादुर गुरुङ र भीममाया सुवेदी प्रतिश्पर्धी छन् ।

प्रदेश अधिवेशन प्रतिनिधिमा खुलातर्फ १४, महिला ५, खसआर्य महिला २, आदिवासी जनजाति खुला २, आदिवासी जनजाति महिला २ र दलित कोटामा २ जनाकै मनोनयन दर्ता भएको छ । खसआर्य खुलामा गणेशबहादुर भट्टराई र देवेन्द्र केसी तथा अल्पसंख्यक कोटामा चक्रप्रसाद गौचन सर्वसम्मत चयन भएका छन् ।

 

  • ३ मंसिर २०७८, शुक्रबार ०६:३६ प्रकाशित