नेपाल बारको आकस्मिक पत्रकार सम्मेलन : आन्दोलनलाई थप शसक्त बनाउने घोषणा

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाल बार एशोसिएसनले अहिले आकस्मिक पत्रकार सम्मेलन गरेको छ । पत्रकार सम्मेलनमा जारी आन्दोलनलाई थप शसक्त बनाउने बताएका छन् । आफूहरुको शान्तिपूर्ण आन्दोलनमाथि प्रहरी दमन भएको भन्दै आन्दोलनलाई थप सशक्त बनाउने घोषणा गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामाको माग गर्दै आन्दोलनरत वकिलहरुले आन्दोलनमाथि प्रहरी दमन निन्दनीय भएको भन्दै आन्दोलन सशक्त बनाउने घोषणा गरेको हो ।

आजको शान्तिपूर्ण प्रदर्शनमा प्रहरी हस्तक्षेपबाट अध्यक्ष चण्डेश्वर ढकाल र केन्द्रीय सदस्य प्रकाश महर्जन घाइते भएकोप्रति आपत्ति जनाएको छ ।

सर्वोच्च अदालतलाई युद्धमैदान बनाइएको भन्दै आपत्ति जनाएको छ । बिहीबार सर्वोच्च अदालत परिसरमा एसएलआर हतियारसहितका प्रहरी राखिएको भन्दै बारले अदालतलाई युद्धमैदान बनाएको बताएको हो ।

  • २ मंसिर २०७८, बिहीबार १५:५१ प्रकाशित