आन्दोलन रोक्न कानुन व्यवसायीलाई धम्की : नरोके बारभित्रै गएर पिट्ने चेतावनी

केन्द्रभाग मिडिया

काठमाडौं ।

तीन साता देखि आन्दोलन गरिरहेको नेपाल बार एसोसियसनका कानुन व्यवसायी तथा वकिलहरुलाई एक समुहले धम्की दिएका छन् । आज बारको परिसरभित्रै एक समुह गएर वकिलहरुलाई आन्दोलन रोक्न धम्की दिएका हुन् ।

उनीहरुले वकिलहरूलाई आन्दोलन नगर्न, गलत मुद्दा नउठाउन र जथाभावी नबोल्न भन्दै धम्की दिएका थिए ।उनीहरु मध्येका एकले आन्दोलनलाई निरन्तरता दिए बारभित्रै प्रवेश गरेर पिट्ने धम्कीसमेत दिएका थिए ।

अपशब्द बोल्दै उनीहरूले वकिलहरुलाई धम्की दिएपछि त्यहाँ उपस्थित वकिलहरुले प्रतिकार गर्न थालेपछि बाहिरिएका थिए ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै सर्वोच्चका न्यायाधीश तथा कानुनव्यवसायी आन्दोलित बनिरहेका छन् । पछिल्लो समय उनीहरुको आन्दोलन तथा धर्ना आक्रामक बन्दै आएको छ । आज धर्नाको क्रममा प्रहरी र वकिलबीच झडप भएको छ । झडपमा बारका अध्यक्षसहित दर्जन घाईते भएका छन् ।

 

 

 

  • २ मंसिर २०७८, बिहीबार १४:२१ प्रकाशित