सर्वोच्च परिषरमा प्रहरी र वकिलबीच धकेलाधकेल, बार अध्यक्ष श्रेष्ठसहित एक दर्जन घाइते

केन्द्रभाग मिडिया

काठमगाडौं ।
प्रधानन्यायाधीशको राजीनामाको माग गर्दै आन्दोलित नेपाल बारका वकिलहरुले बिहीबार पनि सर्वोच्च अदालतमा धर्ना दिएका छन् । सो क्रममा प्रहरी प्रहरीले बल प्रयोग गरेको छ ।

प्रधानन्यायाधीशलाई अदालत प्रवेशमै अवरोध गर्नेगरी धर्नामा बसेका वकिलहरु मुख्य भवनतर्फ प्रवेश गर्न खोजेपछि प्रहरी र वकिलहरुबिच धकेलाधकेल भएको छ । झडपमा बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित एक दर्जन कानुन व्यवसायी घाइते भएका छन् ।

 

सर्वोच्च अदालत परिसरमा बिहीबार अरु दिनको तुलनामा थप प्रहरी परिचालन गरिएको छ । बारको मंगलबार साँझ बसेको बैठकले प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध थप आन्दोलनको घोषणा गरेका थियो ।

  • २ मंसिर २०७८, बिहीबार ११:४७ प्रकाशित