क्यानडामा आँधी र भारी वर्षा : आपतकाल घोषणा

केन्द्रभाग मिडिया

काठमाडौं ।

क्यानडामा आपतकाल घोषणा गरिएको छ ।

क्यानडाको पश्चिमी प्रान्त ब्रिटिस कोलम्बियामा ठूलो आँधी र वर्षाको कारण आपतकाल घोषणा गरिएको हो। ठूलो आँधी र वर्षाको कारण यो क्षेत्रको सडक र रेल सेवा पनि अवरुद्ध भएको छ। त्यहाँफसेका हजारौं मानिसहरुको उद्धारको लागि क्यानडाको सरकारले सेना परिचालन गरेको छ।

आइतबार रातिदेखि सुरु भएको भारी वर्षा र आँधी अझै रोकिएको छैन। क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले प्रभावित मानिसलाई आवश्यक सहयोग दिइने बताएका छन्।

पहिरोमा परी एक महिलाको मृत्यु भएको छ भने दुई जना मानिस हराइरहेका छन्।

  • २ मंसिर २०७८, बिहीबार १०:१० प्रकाशित