दाङ ।
दाङमा डोजर पल्टिँदा चालको ज्यान गएको छ ।
बङ्गलाचुली गाउँपालिकामा बाटो बनाउँदै गर्दा बिहीबार बिहान करिब चार बजेतिर डोजर पल्टिँदा चालकको मृत्यु भएको हो ।
रा १ क ९१४ नम्बरको डोजर पल्टिँदा घोराही उपमहानगरपालिका–१० बुधौरा निवासी २२ वर्षीय सुनिलकुमार विकको मृत्यु भएको हो ।सोही क्रममा सहचालक बर्दियाको गुलरिया नगरपालिका–१ निवासी २३ वर्षीय राजकुमार चौधरी सामान्य घाइते भएका छन्।