एक एचआईभी संक्रमित महिला जो उपचारबिनै सन्चो भइन्ः एक अर्ब बढी कोषमा परीक्षण गर्दा पनि भेटिएन संक्रमण

केन्द्रभाग मिडिया

एजेन्सी ।

एचआईभी एड्सलाई पहिले–पहिले मृत्युवरण हुने रोग भनिन्थ्यो तर अहिले आएर यो रोगलाई दीर्घ रोगको रुपमा लिने गरिएको छ । जस्तै सुगर, ब्लडप्रेसर, दमजस्ता दीर्घ रोगहरुसँग यसको तुलना गर्न थालिएको छ ।

मानिसहरुले यसलाई पहिलेजस्तो भयावह र मरिहाल्ने रोगको रुपमा लिन छोडिरहेका छन् । अहिले यसको उपचार क्रम पनि संसारले धेरै विकास गरिसकेको छ । उपचार पद्धति पहिलेभन्दा धेरै परिपक्व र राम्रो पनि छ । तर यो रोग पूर्ण निको हुने या निर्मूल नै चाहिँ हुँदैन ।

तर आर्जेन्टिनामा एउटी महिला उपचार नै नगरी औषधिको प्रयोग नै बिना सन्चो भएको पाइएको छ । उपचार वा औषधि प्रयोग नगरीकनै एचआईभी निर्मूल भएको यो दोस्रो घटना भएको विज्ञहरुले जनाएका छन् ।

औषधिको प्रयोगबाट आयु केही लम्ब्याउन सकिने भएपनि पूर्ण सन्चो नहुने एचआईभी रोग उपचारबिनै सन्चो भएपछि विज्ञहरु आश्चर्यमा परेका छन् । उनीहरुले ती महिलाको शरीरको प्रतिरक्षा क्षमताले भाइरसलाई निर्मूल पारेको हुनसक्ने धारणा राखेका छन् ।

एक अर्बभन्दा बढी कोषमा गरिएका परीक्षणमा उनको शरीरमा एचआईभी संक्रमणको कुनै सङ्केत देखा नपरेको आर्काइभ्स अफ इन्टर्नल मेडिसिनले जनाएको छ।

त्यो प्रक्रिया पत्ता लगाउन सकियो भने एचआईभी निर्मूल पार्न वा प्रभावकारी उपचार गर्न सकिने विज्ञहरू बताउँछन्।अहिले पत्ता लागेको तथ्यले केही मानिसमा एचआईभीलाई पराजित गर्न सक्ने जन्मजात क्षमता हुन्छ भन्ने प्रमाणित गर्छ।

कसैकसैको शरीरमा एचआईभी सङ्क्रमण हुन नदिने वंशाणु वा जीनहरू हुन्छन्।नाम उल्लेख गर्न नचाहने तर ‘एस्पेरान्जा पेशन्ट’ उपनाम दिइकी ती महिलासहित अरूलाई एचआईभी सर्ने तर पछि हराउने गरेको देखिएको छ।

  • १ मंसिर २०७८, बुधबार १३:५३ प्रकाशित