कस्ले दियो फेवा ताल सीमांकन समितिका अध्यक्ष पौडेललाई धम्कि (भिडियो)

केन्द्रभाग मिडिया

पोखरा ।
फेवाताल चारकिल्ला निर्धारण, सीमांकन तथा नक्सांकन समितिले आफ्नो जिम्मेवारी सकेको छ । गएको मंसिरमा गठित समितिको भदौसम्म म्याद थियो । समितिले निर्धारीत समयमा सीमांकन र गुरुयोजनाको प्रतिवेदन सरकारलाई बुझाएको हो ।

समितिले तालभित्रको दुषित जग्गासमेत खोजी गरेको छ । समितिले फेवाको २५ सय रोपनी जमिन तालको नाममा ल्याउनुपर्ने निष्कर्ष निकालेको छ । ८ सय ८१ कित्ता व्यक्तिको नाममा दर्ता भएको पौडेलले बताए । संयोजक पौडेलका अनुसार नजिकका ६ हजार २४ रोपनी जमिन अधिग्रहणका लागि प्रस्ताव गरिएको हो ।

समितिले यसअघि नै फेवातालको क्षेत्रफल ११ हजार २ सय ५५ रोपनी यकीन गरेको थियो । समितिका संयोजक पौडेलले प्रतिवेदन बुझाए पछि आफुलाई धम्कि आएको बताए । उनले भने, प्रतिवदेश बने पछि मलाई केही मान्छेहरुले धम्कि दिने के–के कुरा गर्ने गरेका पनि छन् ।

राज्यले समितिले दिएको प्रतिवेदन कार्यान्वयन गर्दा  कसैलाई मर्का पदैन, उनले भने । धम्कि कसले दियो भन्ने उनले खुलाएनन् ।

समितिले तालको दीर्घकालीन संरक्षण र विकासका लागि २० वर्षे गुरुयोजना अनुसारअघि बढ्न ३ तहको सरकारलाई सिफारिससमेत गरेको छ ।

  • १ मंसिर २०७८, बुधबार १२:५५ प्रकाशित