काठमाडौं ।
जनगुनासो बढेपछि काठमाडौंको ताहाचलस्थित वैदेशिक रोजगार कार्यालय छड्के हानिएको छ । मा श्रममन्त्री अचानक पुग्दा दलालको भागाभाग भएको छ ।
श्रम तथा रोजगारमन्त्री किसान श्रेष्ठले ताहाचलस्थित वैदेशिक रोजगार कार्यालयमा पुगी छड्के गरेका हुन् । मन्त्री श्रेष्ठ अचानक कार्यालय पुगेपछि दलालको भागाभाग भएको बताइएको छ ।
कार्यालयबाट हुने सेवा प्रवाह प्रभावकारी नभएको जनगुनासो बढेपछि मन्त्री श्रेष्ठ आकास्मिकरूपमा पुगेका हुन् । मन्त्री श्रेष्ठले सेवा प्रवाहलाई चुस्त र छरितो बनाउन साथै सेवाग्राहीलाई सास्ती नदिन कर्मचारीलाई निर्देशन दिएका छन् ।
उनले विभागमा महिला र पुरुषको छुट्टाछुट्टै लाइन राख्न, दलाली आतंक बन्द गर्न, हेल्प डेस्क राख्नसँगै आवश्यक उपकरण थप्न निर्देशन दिएका छन् ।