प्रधानमन्त्रीले देउवाले सोधे, ‘हामीसंग बिजुली नै फालाफाल छ, ग्यास चुल्हो किन बाल्ने ?’

केन्द्रभाग मिडिया

काठमाडौं ।
पेट्रोलियम पदार्थमा भएको मुल्य वृद्धि विरुद पछिल्ला दिनमा दिनहुँ प्रर्दशन भइरहेका छन् । प्रदर्शनकारीहरुले खाली सिलिण्डर प्रदेर्शन गर्ने गरेका छन् । तर, यही बेला प्रधानमन्त्री शेरबहादुर देउवाले देशमा बिजुली नै फालाफाल भएका बेला किन ग्यास चुल्हो किन बाल्ने भनेर सोधेका छन् ।

प्रधानमन्त्री दउवाले मंगलबार स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (ईपान)को १९ र २०औँ साधारणसभालाई सम्बोधन गर्दै यसरी सोधेका हुन् । उनले विद्युतीय चुल्हो र विद्युतीय बस सञ्चालन गर्नुपर्नेमा जोड दिए।

विद्युतीय चुल्हो र बस सञ्चालनका लागि उद्यमी, व्यवसायीहरुलाई सरकार प्रोत्साहन गर्न तयार रहेको समेत उनले बताए बताए ।

प्रधानमन्त्री देउवाले देशभर विद्युतीय सामग्रीहरुको प्रयोगगरी देशलाई नमुना बनाउनुपर्नेमा जोड दिए। उनले ऊर्जा उत्पादकहरुले खल्तीमा लाइसेन्स लिएर काम नगर्ने गरेको भन्दै काम गर्न पनि आग्रह गरे ।

उनले भने, ‘हामीले किन यो ग्यासको चुल्हो बाल्ने ? हामीसँग यति विद्युत छ कि हामी व्याट्रीबाट गाडी चलाउन सक्छौँ । बस चलाउन सक्दछौँ । हाम्रो चुल्हो पनि इलेक्ट्रिक चुल्हो हुनसक्छ । हामी नेपालभरी नै विस्तार विस्तार यता जानुपर्छ जस्तो लाग्छ मलाई। त्यस्ता जो उद्यमी हुनुहुन्छ, व्यापारी हुनुहुन्छ त्यस्तालाई इन्सेन्टिभ दिन तयार छौं ’

  • ३० कार्तिक २०७८, मंगलवार १५:२० प्रकाशित