बलिउड अभिनेता राजकुमार रावले गरे बिहे

केन्द्रभाग मिडिया

मुम्बई ।

चर्चित बलिउड अभिनेता राजकुमार रावले विवाह गरेका छन् ।

रावले अभिनेत्री पत्रलेखा पलसँग बिहे गरेका हुन् । राव र पलले ११ वर्षदेखिको प्रेमलाई विवाहमा परिणत गरेका हुन् । राजकुमारले सामाजिक सञ्जाल इन्स्टाग्राममा तस्वीर सार्वजनिक फूहरूबीचको प्रेम र मित्रता अन्ततः विवाहमा परिणत गरेको बताएका छन् ।

दुवै परिवार, आफन्त र साथीभाइहरूको उपस्थितिमा उनीहरूको विवाह चन्डिगढमा सम्पन्न भएको हो।राजकुमार रावको सिटीलाईट, सादी मे जरुर आना, बरेलीकी बर्फी लगायतका थुप्रै चर्चित मुभि खेलेका छन् ।

  • ३० कार्तिक २०७८, मंगलवार १४:४६ प्रकाशित