दाङमा बन्दकर्ताले गरे सडक सरसफाइ तथा जेब्रा क्रसिङ बनाउने काम

केन्द्रभाग मिडिया

File photo

दाङ ।

बन्द विष्फोटक पदार्थ पड्काउने र टायर बालेर मात्रै हैन सकारात्मक काम गरेर पनि गर्न सकिन्छ भन्ने उदाहरण दाङका बन्दकर्ताले दिएका छन् ।

आज गरेको नेपाल बन्दमा दाङका बन्दकर्ताले आज सडक खाली भएको बेला सडक सरसफाई तथा सडकमा जेब्रा क्रसिङ/ट्राफिक चिन्ह लगायतकाका कार्य सम्पन्न गरेका छन् ।

सडकका देखिएका बन्दकर्ताले आफैँ कुचो लिएर सडक सरसफाई, ट्राफिक चिन्ह र रङरोगनका काम गरेका छन् । राजनीतिक कार्यकर्ताहरु अराजक मात्रै हुन्छन् भन्ने सोचलाई कम गराउन र समाजमा रचनात्मक काम गरेर पनि विरोध गर्न सकिन्छ भन्ने देखाउन यस्तो काम गरिएको बन्दकर्ताले बताएका छन् ।

  • ३० कार्तिक २०७८, मंगलवार १४:२४ प्रकाशित