बन्द: हालसम्म देशभर ८६ बन्दकर्ता पक्राउ

केन्द्रभाग मिडिया

File photo

काठमाडौँ ।

पेट्रोलियम पदार्थको मुल्य वृद्धि फिर्ताको माग गर्दै नेत्रविक्रम चन्द विप्लव समुहले आह्वान गरेको नेपाल बन्दको प्रभाव देशभर परेको छ ।

निजि सवारीसाधन छिटफुट चले पनि लामो तथा छोटो दुरीमा सार्वजनिक सवारी साधन भने चलेका छैन । यस्तै औद्योगिक क्षेत्र र व्यापारव्यावसाय पूर्ण ठप्प नै छ ।

यसैबीच सवारीसाधन जबरजस्ती बन्द गराउन खोज्ने ८६ जना बन्द कर्तालाई मुलुकका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिएका छन् ।

यता पोखराबाट बन्द गराउँदै गरेका र संकास्पद गरि ८ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

 

  • ३० कार्तिक २०७८, मंगलवार १२:५९ प्रकाशित