प्रधानन्यायाधीशविरुद्धको हड्ताल असफलतातर्फ, बहुमतको विद्रोह

केन्द्रभाग मिडिया

काठमाडौं।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामाको माग गर्दै आन्दोलनमा उत्रिएको नेपाल बार एशोशिएसनलाई सहयोग पुग्ने गरी सर्वोच्चका न्यायाधीशहरुले इजलास बहिष्कार गर्दै आएकोमा नयाँ घटना विकास भएको छ । विद्रोही न्यायाधीशहरुमध्येबाट पाँच न्यायाधीश अलग भएका छन् ।

सर्वोच्चका न्यायाधीशमध्ये पाँचजना न्यायाधीश नियमित काममा फर्किने भएका छन् । न्यायाधीशहरु तेजबहादुर केसी, बमकुमार श्रेष्ठ, कुमार रेग्मी, मनोज शर्मा र कुमार चुँडाल इजलासमा बस्ने भएका हुन् ।

सर्वोच्चमा प्रधानन्यायाधीश र १९ न्यायाधीश छन् । काममा ५ जना फर्कने भएपछि विद्रोही समूहमा १४ जना छन् । उनीहरुमध्ये थप ६ जना पनि इजलासमा बस्नुपर्ने पक्षमा भएको बुझिएको छ ।

न्यायाधीशहरु काममा फर्कने भएपछि प्रधानन्यायाधीश जबराविरुद्धको आन्दोलन तुहिने अवस्था बनेको छ । तर, बार आन्दोलनबाट पछि नहट्ने अडानमा छ ।

बारलाई हिजो प्रधानन्यायधीश जबराले विज्ञप्तिमार्फत् वार्ताको आव्हान गरेका थिए । तर, बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले वार्तामा नबस्ने बताएका थिए ।

  • ३० कार्तिक २०७८, मंगलवार ११:३१ प्रकाशित