मुगुको गमगढी बजारमा भीषण आगलागीः २१ घर जले, करोडौँको क्षति

केन्द्रभाग मिडिया

File Photo

सुर्खेत ।

मुगुमा गएराती भीषण आगलागी भएको छ । सदरमुकाम गमगढी बजारमा राती १२ बजे भीषण आगलागी हुदाँ २१ घर जलेर नष्ठ भएको जनाइएको छ ।

आगो एक घरबाट अर्को घर सल्किदैँ जाँदा बजारमा नै आगो फैलिएको जिल्ला प्रशासन कार्यालय मुगुले जनाएको छ । मुगुमा एउटा पनि दमकल नहुदाँ आगलागी नियन्त्रण गर्न नसकिएको र क्षति कम गर्न नसकिएको कार्यालयले जनाएको छ ।

आगलागीबाट मानवीय क्षति नभए पनि करौडौँ धनमाल नष्ट भएका छन् । साँघुरो बाटो, काठबाट निर्मित कच्ची घरहरु एकअर्कासँग जोडिएकाले क्षति धेरै भएको हो ।

आगो कसरी लाग्यो भनेर एकिन भईसकेको छैन् ।

  • ३० कार्तिक २०७८, मंगलवार ०९:४० प्रकाशित