बन्द गराउँदै हिँड्ने र संकास्पदसहित आठ जना कास्की प्रहरी नियन्त्रणमा

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरामा बन्द गराउँदै हिँडेका र केही संकास्पद सहित आठ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चार जना बैदामबाट, तीन जना डाँडाको नाकबाट र एकजना नयाँ बजार क्षेत्रबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीका अनुसार पक्राउ गरिएकामा केही बन्दकर्ता र केही संकास्पद व्यक्ति छन् । ‘बन्द गराउँदै हिँड्ने र केही संकास्पद गतिविधि गर्ने सहित ८ जनालाई हामीले नियन्त्रणमा लिएका छौं । उनीहरु नियन्त्रणमै छन् । नियन्त्रणमा लिइएकाहरु सबै बन्दकर्ता होइनन् । केही संकास्पद व्यक्तिहरुपनि छन् ।’ उनले भने । उनका अनुसार बन्दका क्रममा अहिलेसम्म कास्कीमा कुनै अप्रिय घटना भने भएको छैन ।

सडकमा बन्दकर्ता उपस्थित नरहेपनि बजार पुरै ठप्प छ । सवारी साधन सञ्चालनमा आउन सकेका छैनन् । प्रेस र अत्यावश्यक सवारी साधन बाहेक अन्य सवारी साधन सञ्चालनमा आउन नसकेका हुन् ।

  • ३० कार्तिक २०७८, मंगलवार ०९:३४ प्रकाशित