पोखरामा बिहानै देखि बन्दको प्रभाव:यात्रुलाई सास्ती

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरामा बन्दको बिहानै देखि  प्रभाव परेको छ ।

नेपाल कम्युनिष्ट पार्टी(विप्लव समुह)ले देशभर गरेको बन्दको प्रभाव पोखरामा पनि परेको हो । बिहानैदेखि व्यस्त रहने पोखराका गल्ली तथा सडकहरु आज भने सुनसान जस्तै देखिएका छन् ।यद्यपि निजी सवारी साधन बाइक स्कुटर भने फाट्टफुट्ट चलिरहेका छन् ।

पोखरामा यो समाचार तयार पार्दासम्म सार्वजनिक सवारी/भाडाका सवारी भनै कुनै पनि चलेका छैनन् । जसले गर्दा सर्वसाधारण यात्रु मारमा परेमा छन् । उनीहरु सार्वजनिक सवारी साधन नचल्दा हिडेरै गन्त्व्यसम्म पुग्न बाध्य भएका छन् ।

भित्रि भागहरुमा पसलहरु खुलेको भए पनि पोखराका मुख्य चोकहरुका पसल र सपिङ मलहरु पूर्णरुपमा बन्द रहेका छन् ।
स्कुल,कलेज तथा सम्पुर्ण शैक्षिक संस्थाहरु बन्द छन् ।पोखराका उद्योग तथा कलकारखाना पनि आज पूर्ण बन्द नै रहेका छन् ।

बन्दको बेला अप्रिय घटना निम्तिन सक्ने भन्दै महेन्द्रपुल, पृथ्वीचोक, चिप्लेढुंगा, सभागृहचोक, अमरसिंहचोक, बिरौटा,हल्लनचोक लगायतका मुख्य चोकहरुमा शसस्त्र प्रहरी तैनाथ गरिएको छ ।

पछिल्लो समय पेट्रोल, मट्टितेल र ग्याँसको मुल्य तीव्ररुपमा वृद्धि हुदाँ जनता मारमा परेको भन्दै विप्लव समुहले मुल्य वृद्धि फिर्ताको माग गर्दै आज नेपाल बन्दको आह्वान गरेको हो ।

केही सर्वसाधारणले नेपाल बन्दमा सर्मथन जनाएका छन् भने केहीले यसको विरोध गरेका छन् । जनताको सेन्टिमेन्टलाई जोडेर राजनिति गरेको सर्वसाधरणको गुनासो छ । यद्यपि मुल्यवृद्धिले आफुहरु मारमा परे पनि नेपाल बन्द नै समाधान नभएको सर्वसाधरणको भनाई छ ।

  • ३० कार्तिक २०७८, मंगलवार ०९:१० प्रकाशित