गण्डकीमा सबैभन्दा धेरै स्थानीय तहविरुद्ध भ्रष्टाचारका उजुरी, कुन जिल्लाका उजुरी कति ?

केन्द्रभाग मिडिया

पोखरा ।
गण्डकी प्रदेशमा स्थानीय तहका भ्रष्टाचार विरुद्धका उजुरी धेरै परेका छन् । प्रदेश अन्तर्गतका जिल्लागत अवस्था हेर्दा संघ र प्रदेश अन्तर्गतका कार्यालय भन्दा स्थानीय तह विरुद्धका उजुरी धेरै परेका हुन् ।

अख्तियार पोखरा कार्यालयका प्रमुख कोषहरि निरौलाले गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङलाई बुझाएको ३१ औं वार्षिक प्रतिवेदनमा उल्लेखित विवरण अनुसार आर्थिक वर्ष २०७७/०७८ मा (अघिल्लो आर्थिक वर्षमा आएको दायित्व सहित) स्थानीय तह विरुद्ध ४९१ वटा भ्रष्टाचार विरुद्धका उजुरी परेका छन् ।

संघ अन्तर्गत भएका कार्यालय विरुद्ध २९५ वटा उजुरी परेका छन् । भने प्रदेश अन्तर्गतका कार्यालय विरुद्ध १४६ वटा भ्रष्टाचारका उजुरी परेका छन् । तथ्यांक अनुसार गण्डकी प्रदेशका जिल्लाहरुमा (नवलपुर बाहेक) ९३२ वटा उजुरी परेका छन् । त्यसमध्ये कास्कीका मात्र ४११ उजुरी छन् । कास्कीमा संघीय सरकार अन्तर्गतका कार्यालय विरुद्ध १६८ उजुरी परेका छन् । प्रदेश अन्तर्गतका कार्यालय विरुद्ध ७८ र स्थानीय तह विरुद्ध १६५ वटा भैष्टाचार विरुद्धका उजुरी परेका छन् ।

गण्डकीमा सबैभन्दा कम उजुरी मुस्ताङमा भ्रष्टाचार विरुद्धका ६ मुद्धा परेका छन् । मुस्ताङका स्थानीय तह विरुद्ध दुई वटा, प्रदेशका कार्यालय विरुद्ध सुन्य र स्थानीय तह विरुद्ध चार वटा उजुरी परेका हुन् ।

तनहुँका १०७ उजुरी परेका छन् । त्यहाँ संघ सरकार अन्तर्गतका कार्यालय विरुद्ध ३४ वटा, प्रदेश अन्तर्गतका कार्यालयमा विरुद्ध १३ र स्थानीय तह विरुद्ध ६० वटा उजुरी परेका छन् ।

स्याङ्जाका १०२ उजुरी परेका छन् । स्याङजामा रहेका स्थानीय तह विरुद्ध २१ उजुरी परेका छन् । उक्त जिल्लामा प्रदेश अन्तर्गतका कार्यालय विरुद्ध ९ र स्थानीय तहका विरुद्ध ७२ वटा उजुरी परेका छन् ।

पर्वतका ७२ उजुरी परेका छन् । पर्वतमा रहेका संघ अन्तर्गतका कार्यालय विरुद्ध १६, प्रदेश अन्र्गतका कार्यालय विरुद्ध ८ र स्थानीय तह विरुद्ध ४८ वटा उजुरी दर्ता भएका छन् ।

वाग्लुङका ६८ वटा उजुरी दर्ता भएका छन् । उक्त जिल्लामा संघ अन्तर्गतका कार्यालय विरुद्ध १६, प्रदेश अन्गर्तगतका कार्यालय विरुद्ध ९ र स्थानीय तह विरुद्ध ४३ वटा उजुरी परेका छन् ।

लमजुङका ५७ वटा उजुरी परेका छन् । उक्त जिल्लामा संघ अन्तर्गतका कार्यालय विरुद्ध १४ वटा, प्रदेश अन्तर्गतका कार्यालय विरुद्ध ८ वटा र स्थानीय तह विरुद्ध ३५ उजुरी परेका छन् ।

गोरखाका ५३ वटा उजुरी परेका छन् । सघं अन्तर्गतका कार्यलयमा १० वटा, प्रदेश अन्तर्गतका कार्यालय विरुद्ध ८ वटा र स्थानीय तह विरुद्ध ३५ वटा उजुरी परेका छन् ।

म्याग्दीका ४९ वटा मुद्धा छन् । त्यस मध्ये संघ अन्गर्ततका कार्यालयका विरुद्ध १३, प्रदेश अन्तर्गतका कार्यालय विरुद्ध १० र स्थानीय तहका विरुद्ध १६ वटा उजुरी परेका छन् ।

मनाङका ७ वटा उजुरी परेका छन् । त्यस मध्ये संघ अन्तर्गतका कार्यालय विरुद्ध एउटा, प्रदेश अन्तर्गतका कार्यलय र स्थानीय तहका विरुद्ध ३/३ वटा उजुरी परेका छन् ।

 

  • २९ कार्तिक २०७८, सोमबार १८:३८ प्रकाशित