पेट्रोलियम पदार्थको मृल्यबृद्धि फिर्ताको माग गदै पोखरामा सत्तारुढ दल निकट विद्यार्थीको विरोध

केन्द्रभाग मिडिया

पोखरा ।
पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको निर्णय खारेज गर्न माग गर्दै सत्तारुढ दल निकट विद्यार्थी संगठनले पोखरामा प्रदर्शन गरेका छन् । जिल्ला प्रशासन कार्यलय अगाडी पुगेर विद्यर्थीले मुल्यबृद्धि फिर्ताको माग गरेका हुन् ।

विद्यार्थीले रित्तो सिलिण्डर ग्यास र मोटरसाइकल डोराएर मृल्यबृद्धिको विरोध गरेका थिए । उनिहरुले मुल्बृद्धि फिर्ता गर् लेखेको प्लेकार्ड सिलिण्डर ग्यासमा टासेका थिए ।

प्रशासन अगाडी पुग्दा प्रहरीले उनिहरुलाई रोक्न खोजेको थियो । प्रशासनको गेटमा पुग्न खोज्दा प्रहरीर विद्यार्थी बिच केही वेर धकेलाधकेल समेत भएको थियो ।

 

  • २९ कार्तिक २०७८, सोमबार १८:०३ प्रकाशित