अख्तियारको काम प्रति प्रदेश प्रमुख गुरुङको असन्तुष्टि: ठुला माछा जति फुस्कनी, सानालाई तर्साए जस्तो

केन्द्रभाग मिडिया

पोखरा ।
गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनअपेक्षा अनुसार काम गर्न नसकेको बताएका छन् ।

आयोग पोखरा कार्यालयको ३१ औँ वार्षिक प्रतिवेदन बुझदै गुरुङले अख्तियारले काम गर्न सकेको महशुस जनताले अझै गर्न नसकेको बताए । भ्रष्टाचारीहरुलाई कारवाही गर्न सक्छ, गर्छ भन्ने जनविश्वास स्थापित गर्नका लागि आयोग शशक्त रुपमा अगाडी बढ्न सक्नुपर्ने उनले बताए ।

उनले भने, आयोगहरुले आ–आफ्नो ठाउमा शशक्त रुपमा, पारदर्शी ढंगले काम गर्नसक्यो भने संविधानको यो व्यवस्थाको आयु बढ्ने हो, हैन यो एउटा देखावा मात्र गर्ने, काम शशक्त रुपमा गर्न नसक्ने, ठुलठुला माछा जति सबै फुस्कनी सानातिना तहकालाई मात्र कारवाही गर्ने तर्साएजस्तो मात्र गर्नेै जनतामा भ्रम पैदा गराउने कम गर्यो भने यो सिस्टमाबटनै जनतामो भरोसा विश्वास टुट्ने गुरुङले बताए ।

मुलुकमा व्यप्त देश विरोधी कामहरु (खासमा आर्थिक भ्रष्टचारका मुद्धाहरु) राष्ट्र र जनतालाई सम्झेर चाहे जनप्रतिनिधि हुन् चाहे कर्मचारी हुन् मुलुक प्रति जिम्मेवार बनाउने काम अख्तियारको रहेको उनको भनाई थियो ।

आयोगले  आफ्नो जिम्मेवारीलाई शशक्त रुपमा कार्यान्वयन गरेको खण्डमा यो संविधान र राज्यको व्यवस्था जनतामा लोकप्रिय भएर जाने गुरुङले बताए ।

आयोग पोखरा कार्यालयका प्रमुख कोषहरी निरौलाले प्रदेश प्रमुख गुरुङलाई प्रतिवेदन बुझाएका थिए । सो अवसरमा जानकारी दिदै निरौलाले गत आर्थिक वर्षमा ९३२ मुद्धा दर्ता भएकोमा पाचँ सय फछ्यौट भएको र ४३२ मुद्धा बाँकी रहेको जानकारी दिए ।

प्रदेशको नवलपुर वाहेक १० जिल्ला कार्यक्षेत्र रहेको आयागले कास्कीमा सबै भन्दा बढि ४११ वटा मुद्धा दर्ता भएको जानकारी दिएको छ । सबै भन्दा कम मुस्ताङका ६ वटा मुद्धा दर्ता भएका छन् । आयोग पोखराका प्रमुख निरौलाले सात प्रदेश मध्य गण्डकीमा सबैभन्दा कम मुद्धा दर्ता भएको जानकारी दिए ।

  • २९ कार्तिक २०७८, सोमबार १७:११ प्रकाशित