श्रीमानले श्रीमतीलाई बन्चरोले हाने, श्रीमतीको अवस्था सिरियस

केन्द्रभाग मिडिया

स्याङ्जामा श्रीमानको बन्चरो प्रहारबाट श्रीमती घाईते भएकी छिन् ।

बिरुवा गाउँपालिका ७ सुरुङका ४२ वर्षीय हुमबहादुरले आफ्नै श्रीमती वर्ष ४० कि मिनामाया थापालाई बन्चरो प्रहार गरि घाईते बनाएको प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।

आज दिउँसो ३ बजेको समय हुमबहादुरले हानेको बन्चरोले श्रीमती मीनाको बायाँ कुम र ढाडमा चोट लागेको प्रहरीले बताएको छ । उनको अहिले प्राथमिक स्वास्थ्य केन्द्र वालिङ स्याङ्जामा उपचार भइरहेको छ ।

उनको अवस्था सिरियस रहेको बताइएको छ । श्रीमानले के कारणले बन्चरो हाने भन्ने खुलेको छैन ।

  • २९ कार्तिक २०७८, सोमबार १७:०२ प्रकाशित