कोरियन भाषा परीक्षा पुस १ देखि:आवेदनका लागि के के कागजात चाहिन्छ?

केन्द्रभाग मिडिया

काठमाडौं ।

पुस १ देखि कोरियन भाषा परीक्षा हुने भएको छ । सन् २०२१ को कोरियन भाषा परीक्षा पुस १ देखि ७ गतेसम्म संचालन हुने वैदेशिक रोजगार विभाग इपिएस कोरिया शाखाले जानकारी दिएको छ ।

कोरोनाको कारण धकेलिएको इपिएस भाषा परीक्षाको लागि मंसिर ६ देखि ८ गतेसम्म आवेदन दर्ता गराइसक्नुपर्ने शाखाले जनाएको छ । परीक्षाका लागि २४ अमेरिकी डलर शुल्क लाग्ने र सो शुल्क ग्लोबल आइएमई बैंकको खातामा जम्मा गर्नुपर्ने जनाइएको छ ।

तोकिएको शुल्क राष्ट्र बैंकले कायम गरेको विनिमयदरको हिसावले नेपाली रुपैयाँ डिपोजिट गर्नुपर्नेछ । आवेदन अनलाइनमार्फत दर्ता गर्नुपर्नसकिनेछ ।

परीक्षाको एक महिनामै नतिजा प्रकाशन गरिने इपिएस शाखाले जनाएको छ ।

आवेदनका लागि के के कागजात चाहिन्छ हेर्नका लागि तलको लिंक क्लिक गर्नुहोस ।

https://drive.google.com/file/d/16okJXWRzHfKBFJSyDwXuy-aP84utB0-p/view

 

 

 

 

 

  • २९ कार्तिक २०७८, सोमबार १६:३७ प्रकाशित