३ हप्तामा ४ लाखले भरे लाइसेन्सका लागि फारम

केन्द्रभाग मिडिया

काठमाडौँ ।

३ साताभित्र देशभर ४ लाखले सवारी अनुमतिपत्र लाइसेन्सको फारम भरेका छन् ।

दुई वर्षदेखि नियमितरुपमा आवेदन नखुलाएपछि यातायात व्यवस्थ विभागले कात्तिक ८ गतेदेखि आवेदन पुनःखुलाएको थियो । आवेदन लामो समयपछि खुलेकोले थोरै समयमा धेरैको आवेदन परेको यातायात व्यवस्था विभागले जनाएको छ ।

कात्तिकभन्दा पहिलेसम्म झण्डै दुई लाख आवेदन दिएकाको परीक्षा लिन बाँकी रहेकामा अहिले त्यो संख्या झण्डै छ लाखको हाराहारीमा पुगेको विभागका प्रवक्ता डा लोकनाथ भुसालले बताए ।

कोभिड संक्रमणका कारण यातायात व्यवस्था कार्यालयलले परीक्षा लिने अवस्था नहुँदा आवेदन स्थगित गरिएको थियो । विभागले आवेदन लिइरहँदा यातायात व्यवस्था कार्यालयले पनि नियमित रुपमा परीक्षा सञ्चालन गरिरहेका छन् । दैनिक रुपमा नयाँँ आवेदन दिने बढिरहेको विभागका प्रवक्ता डा भुसालले बताए ।

कात्तिकको दोस्रो सातादेखि नै आवेदन पुनःखुलाइएको भए पनि बीचमा झण्डै चार दिन अवरुद्ध भएको थियो । एकैपटक धेरै सेवाग्राहीले आवेदन भर्न खोज्दा समस्या आएको प्रवक्ता भुसालले बताए ।

  • २९ कार्तिक २०७८, सोमबार १६:१७ प्रकाशित