जबराले राजीनामा दिएपछि नयाँ नेतृत्वसँग वार्ता गर्छौ: कानुन व्यवसायी

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग वार्ता नगर्ने नेपाल बार एशोसिएसनले अडान लिएको छ ।

जबराले गरेका वार्ता आह्वानलाई नेपाल बार एसोसिएसनले अस्वीकार गरेको हो।जबराको राजीनामा माग गर्दै आन्दोलन गरिरहेका कानुनव्यवसायीसँग जबराले वार्तामा आउन विज्ञप्तिमार्फत आह्वान गरेता पनि कानुन व्यवसायीले वार्ता नगर्ने अडान लिएका हुन् ।

दुई सातादेखि जबराको राजीनामा मागेर बार र सर्वोच्चका १९ जना न्यायाधीश आन्दोलनमा छन् ।बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले जबराले राजीनामा दिएर नियुक्त हुने नयाँ प्रधानन्यायाधीशसँग वार्ता गर्ने बताएका छन् । जबराले राजीनामा दिएपछि नयाँ नेतृत्वसँग वार्ता गर्ने कानुन व्यवसायीको भनाई छ ।

  • २९ कार्तिक २०७८, सोमबार १५:४१ प्रकाशित