आँधिखोलाको एकरायमा ट्याक्टर दूर्घटना, एकजनाको ज्यान गुम्यो, एक घाइते

केन्द्रभाग मिडिया

पोखरा ।
स्याङ्जाको आँधिखोला गाउँपालिका वडा नम्बर ५ एकरायमा ट्याक्टर दूर्घटनामा परि एकजनाको ज्यान गुमेको छ । एक जना गम्भिर भाइते भएका छन् ।

चिलाउनेवास तर्फबाट स्याङ्जा तर्फ आउँदै गर्दा गएराती १०ः३० बजे ग १ त ६४४० नम्बरको ट्याक्टर दूर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिएका छन् ।

उनका अनुसार उक्त दूर्घटनामा परि ट्याक्टर चालक तनहुँ भानु गाउँपालिकाका ३८ बर्षीय सन्तोस गुरुङको ज्यान गुमेको हो । उनका भाई ३४ बर्षीय रेशम गुरुङ घाइते भएका हुन् । उनको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

  • २९ कार्तिक २०७८, सोमबार ११:११ प्रकाशित