दर्शनार्थी बोेकेको बोलेरो सडकबाट ६ सय मिटर तल खस्योः तीन जनाको मृत्यु, १४ घाईते

केन्द्रभाग मिडिया

ओखलढुंगा ।

दर्शनार्थी बोकेको बोलेरो दुर्घटना हुदाँ ३ जनाको ज्यान गएको छ ।

ओखलढुंगाको चम्पादेवी ककनी मन्दिर दर्शन गर्न हिडेका यात्रु बोकेको बोलेरो आज(सोमबार) दुर्घटना हुँदा तीन जनाको मत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । १४ यात्रु घाइते भएको प्रहरीले बताएको छ।

सुनकोशी गाउँपालिका ८ च्यानम हुँदै ककनीस्थित मन्दिरतर्फ जादैँ गरेको प्रदेश ३-०१-०२२ च ९६९४ नम्बरको बोलेरो सुनकोशी गाउँपालिका ९ कुसाङ भन्ने ठाउँमा सडकबाट ६ सय मिटर तल खसेको हो ।

घटनाको थप विवरण आउन बाँकी छ।

  • २९ कार्तिक २०७८, सोमबार १०:०५ प्रकाशित