एउटा यस्तो नगरपालिका, जहाँ चेकजाँच गर्न आउने गर्भवतीलाई एक क्रेड अण्डा दिएर पठाइन्छ

केन्द्रभाग मिडिया

पोखरा ।
एउटा यस्तो नगरपालिका जसले आफ्नो नगरपालिका भित्रका स्वास्थ्य चौकीमा चेकजाँच गर्न आउने महिलालाई हरेक पटक एक क्रेड अण्डा दिएर पठाउने गरेको छ । स्याङ्जाको भीरकोट नगरपालिकाले गर्भवती भएपछि हरेक पटक चेक गर्न आउने महिलालाई एक क्रेड (३० गोटा) अण्डा दिएर पठाउने गरेको हो ।

भीरकोट नगरपालिकाका मेयर छायाराम खनालले गर्भवती महिलामा प्रोटिन लगायत पोसिलो खानेकुराको कमि नहोस् भनेर प्रत्येक पटक चेकजाँच जर्दा एक क्रेड अण्डा दिएर पठाइने गरेको जानकारी दिए ।

मेयर खनालका अनुसार गर्भवतीलाई नियमित चेकजाँचका क्रममा दिएको अण्डा नियमित सेवन गरे नगरेको समेत निगरानी गर्ने गरिएको बताएका छन् ।

‘हाम्रो नगरपालिका भित्र रह犀利士
ेका सरकारी स्वास्थ्य संस्थामा चेकजाँच गर्न आउने गर्भवती महिलालाई प्रत्येक पटक एक क्रेड अण्डा दिने गरेका छौं । गर्भवती महिलालाई चाहिने पौष्टिक तत्वको कमि नहोस् ।

जन्मिने बच्चा र आमाको स्वास्थ्य तन्दुरुस्त होस् भनेर यसरी अण्डा दिइएको हो । महिला सुत्केरी नभइन्जेल हरेक दिन एउटा अण्डा पुग्ने गरी हरेक महिना चेकजाँच गर्न आउँदा हामीले प्रत्येक दिन एउटा अण्डाको दरले पुग्नेगरी दिएर पठाउने गरेका छौं’ उनले भने ।

मेयर खनालका अनुसार अण्डा दिन थालेपछि छिमेकी पालिकाहरुबाट पनि भिरकोटका स्वास्थ्य चौकीमा चेकजाँच गराउन जानेहरु बढेका छन् । उनीहरुलाई पनि यसरी अण्डा दिने गरिएको उनले बताए ।

‘हामीकहाँ अण्डा दिने भएपछि छिमेकी पालिकाका वासिन्दा पनि चेकजाँच गर्न आउने गरेका छन् । उनीहरुलाई पनि हामी दिन्छौं । किनकी हाम्रो पालिकाका बासिन्दा सबै पालिका भित्र नै बस्दैनन् । विभिन्न सिलसिलामा बाहिर छन् । उनीहरुले पनि अन्त केही न केही सुविधा पाएका होलान । ’ उनले भने ।

 

  • २९ कार्तिक २०७८, सोमबार ०९:०३ प्रकाशित