हिमपहिरोका कारण भागदौड गर्दा घाइते भएकालाई अस्पताल पुगेर भेटे गण्डकीका अर्थमन्त्रीले

केन्द्रभाग मिडिया

मुस्ताङ ।
आइतबार मुस्ताङमा हिमपहिरो जाने क्रममा भागदौड गर्दा घाइते भएका शिक्षक र विद्यार्थीलाई  गण्डकी प्रदेशका अर्थमन्त्री रामजी बरालले जिल्ला अस्पताल मुस्ताङमा पुगेर भेटघाट गर्नुकासाथै उनीहरुको अवस्था बारे जानकारी लिएका छन् ।

उनले घाइतेहरुको शिघ्र स्वास्थ लाभको कामना समेत गरे । हिमपहिरो गएको क्षेत्र घट्टेखोला क्षेत्रमा पुगेर समेत मन्त्री बरालले स्थानीयलाई पुनः पहिरो जान सक्ने भन्दै सचेत रहन आग्रह गरेका छन् ।

मुस्ताङ जिल्लाको थासाङ गाउँपालिका वडा नम्बर २ मा बोक्सी खोला माथि भुर्र्जुङको माथिल्लो क्षेत्रमा आइतबार मध्याहन्न पहिरो हिमपहिरो गएको थियो ।

हिमपहिरो आयो भनेर भागदौड गर्दा कोवाङस्थित जनआदर्श अमरसिंह विद्यालयका शिक्षक/शिक्षिका र विद्यार्थी गरेर ११ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रवक्ता प्रहरी निरीक्षक प्रताप पौडेलका अनुसार घाइते अनु देसार, अनुसा खत्री, संगम बरुवाल, मिलन पुन, अम्रिता रोकाया मगर, सुजिना केसी, बिरेन्द्र लामिछाने, अनुस्का विक, स्नेहा किसान, कोरिसा विक र सुशीला थापाको जिल्ला अस्पताल जोमसोममा उपचार भइरहेको छ ।

 

  • २८ कार्तिक २०७८, आईतवार १९:३६ प्रकाशित