भारतमा प्रहरी र माओवादीबीच भिडन्त : माओवादीका केन्द्रिय नेतासहित २६ कार्यकर्ता मारिए

केन्द्रभाग मिडिया

file photo

भारत ।

भारतमा प्रहरी र माओवादी समूहबीच दोहोरो भिडन्त भएको छ ।

हिजो भएको भिडन्डमा कम्तीमा २६ माओवादी कार्यकर्ता मारिएको भारतीय स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । भारतको गडचिरोली जिल्लास्थित मार्दीन्तोलामा भएको भिडन्तमा माओवादीका केन्द्रीय नेतासहित २६ कार्यकर्ता मारिएका हुन् ।

स्थानीय मिडियामा आइतबार प्रकाशित समाचारअनुसार पूर्वी महाराष्ट्र राज्यको कोर्चीस्थित मार्दीन्तोला जंगलमा शनिबार बिहान माओवादी र सी–६० प्रहरी कमान्डो समूहबीच दोहोरो गोलीबारी भएको थियो ।

सो गोलीबारीमा माओवादी केन्द्रीय समितिका मुख्य नेता दिपक तेल्तुम्ब्डे उर्फ जीवासहित २६ कार्यकर्ता मारिएका छन् ।

  • २८ कार्तिक २०७८, आईतवार १५:१८ प्रकाशित