गण्डकी विवेकशीलका दर्जन नेताले एकैपटक त्यागे पार्टीः अध्यक्ष मिश्र तानाशाही बनेको आरोप

केन्द्रभाग मिडिया

पोखरा ।

पार्टी अध्यक्षसँग असन्तुष्टि जनाउँदै गण्डकी प्रदेशका विवेकशील साझा पार्टीका नेताहरुले सामुहिक पार्टी त्यागको घोषणा गरेका छन् ।

विवेकशील साझा पार्टी गण्डकी प्रदेशका १२ जना नेताहरुले सामुहिक रुपमा पार्टी परित्याग गरेका हुन् ।

पार्टी त्याग्नेमा केन्द्रीय सदस्य दीपक पौडेल, युवा संगठनका केन्द्रीय सदस्य प्रकाश आचार्य, पार्टीका गण्डकी प्रदेश सदस्य एवं अभियान विभाग प्रमुख अशोक खड्का, कार्यालय व्यवस्थापन प्रमुख सुदीप ओझा, संगठन विभाग प्रमुख पदम न्यौपाने रहेका छन् ।

त्यस्तै तनहुँ जिल्ला संयोजक एवं प्रदेश सदस्य सागर घिमिरे, युवा संगठन केन्द्रीय सदस्य मनिषा मगर, ब्यास नगर संयोजक सलमान अलि, युवा संगठनका केन्द्रीय सदस्य महेन्द्र आचार्य, स्याङ्जा जिल्ला संयोजक भिमनारायण कोइराला, तनहुँको म्याग्दे गाउँपालिका संयोजक विश्वराज अछामे र विप्लता ढुङ्गानाले पार्टी परित्याग गरेका छन् ।

उनीहरुले अध्यक्ष रवीन्द्र मिश्रले एकलौटी रुपमा पार्टी चलाएको र तानाशाही बनेको आरोप लगाएका छन् ।उनीहरुले आइतबार प्रेस विज्ञप्ति जारी गरेर पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेका हुन्।

  • २८ कार्तिक २०७८, आईतवार १४:५६ प्रकाशित