थासाङमा भिषण हिमपहिरो, भागदौडमा सात जना घाइते

केन्द्रभाग मिडिया

फाइल तस्बिर

पोखरा ।

मुस्ताङको थासाङ गाउँपालिका—२ को हिमाली लेंकमा भिषण हिम पहिरो गएको छ । आईतबार बिहान करिव ११ बजेको समयमा भिषण हिम पहिरो गएको हो । हिम पहिरोबाट मानविय क्षति भने भएको छैन ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) नेत्र प्रसाद शर्माले  हिम पहिरो गएको थाहा पाए पछि स्थानीयहरु भागदौड गर्दा ७ जना घाइते भएको बताए । कोवाङ,लार्जुङ,नाउरिकोट,बोक्सी आसपासका स्थानीयहरु भागदौड पहिरो गएको थाहा पाए पछि भागदौड गरेका थिए ।

बेनी जोमसोम सडक देखी करिब ६/७ सय मिटर माथी पहिरो गएको देखिएको अधिकारीले बताए । पहिरो बोक्सी खोलामा मिसिएको छ । पहिरो खोलामा मिसिए पछि खोलाको वहाव बढेको छ ।

हिम पहिरो खसेका कारण बेनी—जोमसोम सडक ३० मिनेट बन्द गरिएको थियो । ।पहिलो गएको क्षेत्रका वासिन्दालाई सर्तक रहन आग्रह गरिएको र पहिरोको अवस्था वारे जानकारी लिने काम भइरहेको अधिकारीले जानकारी दिए ।

धौलागिरि क्षेत्रको मानापाथी हिमालबाट हिम पहिरो खसेको प्रारम्भिक अनुमान गरिएको छ । पहिरो देखे पछि कोवाङमा रहेको जनआर्दश अमरसिंह माध्यमिक विद्यालयका शिक्षक तथा बिद्यार्थीको भागदौड चलेको थियो ।

प्रजिअ अधिकारीले अझै हिम पहिरो जानसक्ने भएकाले नजिकका सबैलाई सुरक्षित स्थानमा सारिएको बताए । अहिले सो क्षेत्रमा तिब्र गतिका हावा चलेको छ ।

केही वर्ष अघि सो क्षेत्रमा हिम पहिरो गएको थियो । त्यती बेला मानवीय र भौतिक क्षति र चौरीसमेत मरेका थिए ।

  • २८ कार्तिक २०७८, आईतवार १४:०५ प्रकाशित