जबराको पक्षमा प्रर्दशनमा उत्रिएका करिब ५० जना पक्राउ

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबराको पक्षमा नारा लगाउँदै प्रर्दशनमा उत्रिएका करिब ५० जनालाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरु नेपाल बार एशोसिएशनको आन्दोलनलाई प्रतिकार गर्न जबराको पक्षमा नारा लगाउँदै सडकमा उत्रिएपपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।

बार एशोसिएशनको आन्दोलनलाई प्रतिकार गर्नका लागि आइतबार दुई वटा समूह सडकमा उत्रिएको थियो । बार एशोसिएसनले सर्वोच्च अदालत परिसरभित्रै विरोधको कार्यक्रम आयोजना गरिरहेको समयमा प्रधानन्यायाधीशको समर्थनमा केहीले सडकमा नाराबाजी गरेका थिए ।

यस क्रममा प्रहरीसँग केहीबेर झडप भएको थियो । सो क्रममा एक प्रहरीसहित केही प्रदर्शनकारी घाइते भएका छन् ।यसैबीच बार एशोसिएसनका पदाधिकारीहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले ‘भिजिलान्ते’ प्रयोग गरेर प्रतिकार समूह बनाएको आरोप लगाएका छन् ।

  • २८ कार्तिक २०७८, आईतवार १२:३८ प्रकाशित