जुवा खालबाट झण्डै १९ लाख नगद सहित ६ जना पक्राउ

केन्द्रभाग मिडिया

पोखरा ।
जुवाको खालबाट झण्डै १९ लाख नगद सहित ६ जना पक्राउ परेका छन् ।

पोखरा महानगरपालिका वडा नं.१२ चापापानी स्थित एक घरको कोठामा जुवा (तास) खेलिरहेका उनीहरुलाई शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले जुवा तास खेलिरहेका ६ जना व्यक्तिहरूलाई नगद १८ लाख ७५ हजार ५३० रुपैयाँ सहित पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता एव प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए ।

उनका अनुसार उनीहरुलाई नियन्त्रणमा लिई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर अन्तर्गत जुवा खेल्न वा सट्टा बाजी गर्न नहुने मुद्दा शीर्षकमा अनुसन्धान प्रकृया अगाडी बढाइएको छ ।

  • २७ कार्तिक २०७८, शनिबार १८:२२ प्रकाशित