पोखरा ।
नेपालको प्रतिष्ठित व्यवासायिक घराना केसी ग्रुपका कार्यकारी निर्देशक, युवा उद्यमी एवं समाजसेवी किरण केसीले नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा गरेका छन् ।
उनले कास्की क्षेत्र नं. २ बाट उक्त पदमा उम्मेदवारी घोषणा गरेका हुन् । उनी प्रतिष्ठित उद्योगपति स्व. सूर्यबहादुर केसीका छोरा हुन् ।
समाजसेवामा रुचि राख्ने युवा उद्यमी केसीले ‘समृद्ध समाजका लागि क्रियाशीलता, आर्थिक विकासका लागि उद्यमशीलता’ नाराका साथ उम्मेदवारी सार्वजनिक गरेका छन् ।
केसी कालिका बहुमुखी क्याम्पसका कार्यबहाक अध्यक्षसमेत हुन् ।