पोखरा ।
प्रेस सेन्टर गण्डकी प्रदेश समितिको अध्यक्षमा अर्जुन काफ्ले निर्वाचित भएका छन् । शनिबार भएको प्रेस सेन्टर गण्डकी प्रदेशको दोस्रो अधिवेशनले अर्जुन काफ्लेको अध्यक्षतामा ४१ सदस्यीय कार्यसमिति निर्विरोध रुपमा निर्वाचित गरेको हो ।
समितिको वरिष्ट उपाध्यक्षमा घनश्याम पाण्डे, उपाध्यक्षमा राम थापा, समावेसी उपाध्यक्षमा कमला केसी, प्रमुख सचिवमा सन्तोष गौतम, कोषाध्यक्षमा विश्वराज सुवेदी चयन भएका छन् ।
त्यसैगरी खुल्ला सचिवहरुमा सुनिल पाण्डे, सुवास अम्गाई, सविन जिसी, जनजाती सचिवमा विनु थापा चयन भएका छन् ।
महिला सदस्यमा सविता शर्मा र सरिता खत्री चयन भएका छन् ।
खुला सदस्य तर्फ राजकुमार छत्कुली, सन्दिप खत्री, सागर भण्डारी, प्रनिश गिरी, राजकुमार ढकाल, लक्ष्मी पंगेनी, रामजी आचार्य, उत्तमबहादुर घर्ती, विमल आचार्य, मुरारी शर्मा दीपक आचार्य ,सन्तोष परियार, लिलाधर कोइराला र आश कोम्चे तमु चयन भएका छन् ।
दलित सदस्य तर्फ लक्ष्मी सुनार र खगेन्द्र विक चयन भएका छन् । जनजाति सदस्यमा शर्मिला रोका चयन भएकी छन् ।