कास्की कांग्रेसको सचिव पदमा उम्मेदवारी दिने सिरोज कोइरालाको घोषणा (भिडियो)

केन्द्रभाग मिडिया

पोखरा ।
नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा सिरोज कोइरालाले कास्की जिल्ला सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । शनिबार पत्रकार सम्मेलन आयोजना गरेर कोइरालाले उम्मेदवारी घोषणा गरेका हुन् ।

कांग्रेस पार्टीलाई रसातलबाट झिक्न, पुनः युवाहरुको ढुकढुकी बनाउन नयाँ जोश र जाँगरसहित आफुले सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेको उनले बताए ।

पार्टी हाक्ने विचार र संगठनले भएपनि कांग्रेस संगठनका हिसावले जुम्सो र विचारका हिसाबले खोक्रो बनेको उनले बताए । उनले महाधिवेशनका बेला कांग्रेस जनले गहन चिन्तन र मननग गर्न आवश्यक रहेको बताए ।

अहिलेको नेतृत्व पंक्ति कायमै रहे कांग्रेस सकिने उनको भनाई छ । उनले भने, ‘अझै पनि हामी कांग्रेस शुभचिन्तकहरु नबिउझिने हो भने नयाँ नेतृत्वले विवेक नपुर्याउने हो भने, कांग्रेस सकिने छ ।’

कोइराला पोखराका व्यवसायी हुन्, भने उनी सामाजिक अभियान्ताको रुपमा सक्रिय छन् । आफ्नो परिवारको तीन पुस्ता कांग्रेससंग जोडिएको उनले बताए । यस पहिले कोइरालाले पोखरा महानगरको निर्वाचनमा उपमेयर पदमा उम्मेदवारी दिएका थिए ।

  • २७ कार्तिक २०७८, शनिबार १३:४६ प्रकाशित